कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको आज सोमबार दिउँसोका लागि तय गरिएको बैठक सरेको छ ।

आज स्थगित भएको बैठक भोलि जेठ १ गते बस्नेछ । संसदीय दल कार्यसमितिको बैठक भोलि बिहान ८ बजे र दलको बैठक ९ बजे बस्ने नेपाली कांग्रेस संसदीय दलले जनाएको छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको नेपाली कांग्रेस संसदीय दलको कार्यालयले सूचना प्रकाशित गरी जनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर