त्रिभुवन विमानस्थलबाट करिब पाँच किलो सुनसहित दुई भारतीय पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो आइतबार साँझ करिब पाँच किलो सुनसहित दुई जना भारतीय पक्राउ परेको प्रहरीले जनाएको छ ।
फ्लाई दुबईबाट आइतबार साँझ पौने ७ बजे आएका भारतीय सुरेशकुमार र मोहनकुमार गणेशनले कपडामा सुनको लेप लगाएर ल्याइरहेको अवस्थामा जाँचपडताल गर्ने क्रममा उनीहरू पक्राउ परेको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ । उनीहरूलाई हिजै प्रहरी कार्यालय गौशाला मा राखिएको र थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने तयारीमा प्रहरी रहेको छ । प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार अपराधमा संलग्न अन्यहरूको खोजी कार्य जारी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर