रोयल च्यालेन्जर्स बेंगलुरुको प्लेअफको सम्भावना कायमै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गए राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ४७ रनले हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले प्लेअफको सम्भावनालाई कायमै राखेको छ ।  एम चिन्नास्वामी क्रिकेट रंगशालामा आइतबार राति सुरुमा ब्याटिङ गरेको आरसिबीले ९ विकेटको क्षतिमा दिएको १८८ रनको चुनौती पछ्याएको दिल्ली १९.१ ओभरमा सबै विकेट गुमाएर १४० रनमा समेटिएको हो ।

महत्त्वपूर्ण खेलमा दिल्लीमाथि ४७ रनको जित निकालेसँगै आरसिबीले प्लेअफ सम्भावना कायमै राखेको हो । यो जितसँगै आरसिबीले १३ खेल खेल्दै १२ अंक जोडेको छ । समान खेल र अंक भए पनि रनरेटको आधारमा दिल्ली छैठौं स्थानमा पुग्दा आरसिबी पाँचौं स्थानमा उक्लिएको हो । प्लेअफका लागि अब एक खेल खेल्न बाँकी आरसिबीले चेन्नईलाई पराजित गरेर मात्र पुग्दैन । आरसिबीले दिल्ली, लखनउ र हैदरावादको खेलको नतिजामासमेत कुर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर