उपेन्द्र यादव प्रचण्ड सरकारबाट बाहिरिने निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी .नेपाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने भएको छ । हिजो आइतबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । जसपा नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले कार्यकारिणी समिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बताए । ‘आज कार्यकारिणी समितिको बैठक बसेको थियो । बैठकमा पछिल्ला राजनीतिक घटना क्रमलाई लिएर सरकारबाट बाहिरिने निर्णय भएको हो । भोलिदेखि केन्द्रीय समिति बैठक पनि बस्दैछ । उक्त बैठकले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्छ,’– उनले भने । यादवको ठाउँमा प्रधानमन्त्री प्रचण्डले चोइटिएको पार्टी जसपाका प्रदीप यादवलाई सरकारमा सामेल गराउने पकपक्की भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर