समसामयिक विषयमा राष्ट्रपति-प्रधानमन्त्रीबीच भेटघाट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन् । आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटघाट भएको हो ।

सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहँदा प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट गरेका हुन् । संसदको अवरुद्ध बैठक खुलाउने विषयमा दलहरुबीच सहमति बन्न नसक्दा सरकारले संसदमा ल्याउेन नीति तथा कार्यक्रम पनि प्रभावित हुेन चर्चाका बीच राष्ट्रपति–प्रधानमन्त्री भेट भएको हो । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नतालाई लिएर संसदीय छानवीन समिति बनाउनुपर्ने अडान कायम राखेपछि संसदको बैठक प्रभावित हुँदै आएको छ । भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर