बागमती प्रदेश टेक बल संघको नयाँ कार्यसमिति गठन

भक्तपुर । बागमती प्रदेश टेकबल संघको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ। प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका बोर्ड सदस्य र टेक बल संघका केन्द्रीय अध्यक्षको उपस्थितिमा बागमती प्रदेश टेक बल संघको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः राजनकुमार श्रेष्ठ बिदूर कँडेल, माधवी बोस, रविन्द्र लाछिमस्यु सविता रेग्मी रहेको १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार गठन भएको बागमती प्रदेश टेक बल संघको तदर्थ समितिले बनाएको विधानलाई सर्वसम्मत रूपमा पारित गरी नयाँ कार्य समिति गठन गर्रिको हो । नयाँ कार्यसमितिको कार्यकाल पाँच वर्ष रहने छ ।

नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै प्रमुख अतिथि तथा बागमती प्रदेश खेलकुद विकास परिषद् बोर्ड सदस्य सुनिता गौतमले परिषदको तर्फबाट टेक बल खेल विकास र विस्तारमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । विशेष अतिथि तथा नेपाल टेक बल संघका केन्द्रीय अध्यक्ष सुवास श्रेष्ठले निर्वाचित पदाधिकारीलाई बधाई दिँदै, बागमती प्रदेश टेकबल संघ गठनले नेपालमा टेक बल खेलको विकासमा थप सहयोग पुग्ने आशा व्यक्त गरे ।

उनले बागमती प्रदेश देशकै राजधानी र धेरै टेक बल खेलाडी रहेको प्रदेश रहेकाले प्रदेश टेक बल संघको गठनले अझ खेलकुद विकासमा देशलाई ठुलो सहयोग हुने बताए । आगामी आर्थिक वर्षमा बागमती प्रदेशका १३ वटै जिल्लामा जिल्ला टेक बल संघ र पालिकास्तरीय संघ गठन गर्ने निर्णयसमेत गरिएको छ । केन्द्रीय अध्यक्ष सुवाश श्रेष्ठले अब १ महिनाभित्र काठमाडौंमा ठूलो कार्यक्रमको आयोजना गरी राखेपमा दर्ता गर्ने र अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको आयोजना गर्ने घोषणासमेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर