प्रधानमन्त्री मोदीका लागि नामांकन पत्र भर्नका लागि उत्तम साइतको निर्क्योल

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनाव लड्नका लागि नामांकन पत्र भर्न उपयुक्त साइत निकालेका छन् । उनले नामंकन पत्र भर्न अगाडि काशीस्थित कालभैरवको दर्शन र आशीर्वाद लिने भएका छन् । मोदीले मे १४ (जेठ १ गते) मा उम्मेदवारी दर्ता गर्नेछन् । यस दिन भौमपुष्य नक्षत्रसँगै अभिजित मुहूर्त, आनन्द योग, सर्वार्थसिद्धि योगको संयोग रहेको छ । अयोध्यामा राम मन्दिरको अभिषेक र शिलान्यासको शुभ मुहूर्त दिने पण्डित गणेशवर शास्त्री द्रविडले १४ मेको शुभ समयलाई उत्तम रहेको बताएका छन् ।
पण्डित द्रविडका अनुसार पुष्य नक्षत्र १३ मेको भारतीय समयअनुसार बिहान १ः४३ बजेदेखि सुरु भएर १४ मेको दिउँसो ३ः१० बजेसम्म चल्नेछ। यसपछि अश्लेषा नक्षत्र सुरु हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको राशिफल अनुसार उनका लागि दुबै नक्षत्र अनुकूल रहेको छ । “यदि ग्रहहरूको स्थिति हेर्ने हो भने नामांकनको लागि उत्तम ग्रह स्थिति सिर्जना भइरहेको छ। यस अवधिमा चन्द्रमा पनि आठौं घरमा नहुँदा लाभदायक हुनेछ। जेठ १ गते गंगा सप्तमीसँग भौमपुष्य नक्षत्रको संयोग रहेको छ”, पण्डित द्रविडले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर