अनैतिक क्रियाकलाप गरेको आरोपमा स्पा सञ्चालकसहित ६ जना पक्राउ

काठमाडौं । कैलाली प्रहरीले अनैतिक क्रियाकलाप गरेको आरोपमा स्पा सञ्चालकसहित ६ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–४ चौराहास्थित सुदूरपश्चिम स्पा सेन्टरबाट उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार स्पा सेन्टरमा अनैतिक क्रियाकलाप भइरहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले आपत्तिजनक अवस्थाबाट एक पुरुषसहित शङ्कास्पद गतिविधिमा संलग्न चार जना महिलालाई पक्राउ गरेको छ । यसैगरी, स्पा सञ्चालकलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रबहादुर बोहराले जानकारी दिए ।

यस्तै, प्रहरीको रेकी गरी भारतबाट अवैध सामान ओसारपसारमा सहयोग गर्ने धनगढी उपमहानरपालिका–७ मनेहराका बुद्धिराम चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले भारतबाट सामान तस्करी गर्ने तस्करलाई सहयोग गर्ने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी टोलीको गोप्य निगरानी गरी प्रहरी टोली रहेको स्थान र गतिविधिको बारेमा उनले नेपाली र भारतीय तस्करलाई सूचना दिने गरेको प्रहरीको आरोप छ । त्यसरी सूचना दिएबापत उनले प्रति सूचना ५०० रुपैयाँ लिने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई पक्राउ गरेर राष्ट्र सेवकको कामकाजमा बाधा गरेको कसुरमा थप अनुसन्धान गरिरहेको प्रवक्ता बोहराले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर