छापावाल सुन तोलामा पाँच सय रुपैयाँ वृद्धि

काठमाडौं । स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला १ लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आज आइतबारका लागि भने १ लाख ३८ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३७ हजार दुई सय ५० मा कारोबार भएकोमा आजका लागि भने १ लाख ३७ हजार सात सय ५० निर्धारण भएको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय २५ रुपैयाँ निर्धारण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर