सौर्य आँधीको दुर्लभ दृश्य पृथ्वीको उत्तरी गोलार्धमा देखियो

काठमाडौं । सौर्य आँधी (सोलार स्ट्रोम) पृथ्वीसँग ठोक्किएपछि उत्तरी गोलार्धको आकाशमा असामान्य रूपमा रङ्गिन दृश्य देखियो । उक्त सौर्य विस्फोटको रङ्गिन सदृश्यको तस्बिर जारी गर्दै अमेरिकी राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले भू–चुम्बकीय आँधी आउन सक्ने चेतावनी दिएता पनि पृथ्वीमा अहिलेसम्म कुनै विद्युतीय उपकरणहरूलाई असर पुर्‍याएको खबर प्राप्त भएको छैन । गएको शुक्रबार सूर्यमा विस्फोट भएको र शनिबारसम्म सौर्य आँधी पृथ्वीमा ठोक्किएको थियो । यो घटना लन्डनलगायत र दक्षिणी इङ्गल्यान्डसम्म देखिएको थियो ।

बेलायतको मौसम एजेन्सी मेट कार्यालयका मौसमविद् क्रिस स्नेलले भने, “मुलुकभर माथिदेखि तलसम्म दृश्यहरू थिए ।” उनले कार्यालयले प्राग र बार्सिलोनालगायत अन्य युरोपेली स्थानबाट पनि फोटो र जानकारी प्राप्त गरेको बताए । एनओएएले पावर प्लान्ट र कक्षमा अन्तरिक्ष यानका सञ्चालकहरूका साथै सङ्घीय आपत्कालीन व्यवस्थापन एजेन्सीलाई पनि सावधानी अपनाउन सचेत गराएको छ । एनओएएका स्पेस वेदर प्रेडिक्सन सेन्टरका वैज्ञानिक रब स्टिनबर्गले भने, “पृथ्वी ग्रहका अधिकांश मानिसका लागि उनीहरूले केही गर्नुपर्दैन ।”

एनओएएले आँधीले अमेरिकाको सुदूर दक्षिणमा अलाबामा र उत्तरी क्यालिफोर्नियासम्म रोशनी उत्पन्न गर्न सक्ने बताएको छ । तर यसको भविष्यवाणी गर्न कठिन थियो । सामान्यतया उत्तरी रोशनीहरूसँग सम्बन्धित रङको नाटकीय पर्दा नहुने तर अधिक हरियो रङको छर्रा जस्तै हुने विश्लेषकहरूले बताएका छन् । “यो वास्तवमा अन्तरिक्ष मौसमको उपहार होः अरोरा”, स्टिनबर्गले भने । उनी र उनका सहयोगीहरूले सबैभन्दा राम्रो अरोरा दृश्य नग्न आँखाको तुलनामा प्रकाशलाई क्याप्चर गर्न राम्रो हुने फोन क्यामेरामा आउन सक्ने बताए । इतिहासमा रेकर्ड गरिएको सबैभन्दा तीव्र सौर्य आँधी सन् १८५९ मा मध्य अमेरिका र सम्भवतः हवाइमा आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर