टोटेनह्यामकोे बर्नेलीमाथि कठिन जित

काठमाडौं । च्याम्पियन्स लिगमा टोटेनह्यामले बर्नेलीमाथि कठिन जित हासिल निकालेको छ । हटस्पर स्टेडियममा शनिबार सम्पन्न खेलमा बर्नेलीलाई २–१ गोल अन्तरले हराउँदै घरेलु टोली इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा रहँदै उक्त लिगको आशा जीवितै राखेको हो। टोटनह्यामको जितमा पेड्रो पोरो र मिकी भ्यान डे भेनले गोल गरेका थिए। बर्नेलीका लागि एक मात्रै गोल ज्याकब ब्रुन लार्सनले गरे।

जारी सिजनको प्रिमियर लिगमा २ खेल खेल्न बाँकी रहेको टोटनह्याम ३६ खेलबाट ६३ अंकसहित पाँचौँ स्थानमा छ। समान खेल खेलेको एस्टन भिल्ला ६७ अंकसहित चौथो स्थानमा रहेको छ। यता, पराजित बर्नेली भने ३७ खेलबाट २४ अंक जोड्दै रेलिगेशनमा परेको छ। खेलको २५औँ मिनेटमा लार्सनको गोलमार्फत बर्नेलीले खेलमा शुरूआती अग्रता लिएको थियो। तर, ३२औँ मिनेटमा ब्रेनन जोनसनको पासमा पेड्रोले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए। ८२औँ मिनेटमा जेम्स मेडिसनको पासमा भेनले गोल गर्दै टोटनह्यामलाई ३ अंक दिलाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर