आइपिएलको प्लेअफमा कोलकाता नाइट राइडर्स प्रवेश

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा कोलकाता नाइट राइडर्स  प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा कोलकाताले तामुम्बई इण्डियन्सलाई १८ रनले हराए ।  कोलकाता औपचारिकरूपमा प्लेअफमा स्थान बनाउने पहिलो टिम बन्यो । मुम्बई भने यसअघि नै प्लेअफ दौडबाट बाहिरिएको थियो । आफ्नो १३औँ खेलमा कोलकाताले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको मुम्बईले वर्षाका कारण १६ ओभरमा झारिएको खेलमा ८ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।

उसका लागि इशान किसनले ४०, तिलक वर्माले ३२, रोहित शर्माले १९, नमन धीरले १७ र सूर्यकुमार यादवले ११ रन जोडे । कोलकाताका लागि आन्द्रे रसेल, वरुण चक्रवर्ती र हर्षित रानाले दुई/दुई तथा सुनिल नारायणले एक विकेट लिए । त्यसअघि इडेन गार्डेनमा टस हारेर ब्याटिङको मौका पाएको कोलकाताले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि वैंकटेश अय्यरले ४२, नितिश रानाले ३३, आन्द्रे रसेलले २४, रिंकु सिंहले २० र रमनदीप सिंहले अविजित १७ रन बनाए । मुम्बईका लागि जसप्रित बुहरा र पियुष चावलाले दुई/दुई तथा नुवा तुषारा र अंशुल कम्बोजले एक/एक विकेट लिए ।

यो जितपछि शीर्ष स्थानमा रहेको कोलकाताले १२ खेलबाट १८ अंक जोडेको छ । उसले जारी सिजनमा ९ मा जित र ३ खेलमा मात्र हार बेहोरेको छ । कोलकाताले अझै दुई खेल खेल्न बाँकी छ । पराजित मुम्बई ८ अंकका साथ तालिकाको नवौँ स्थानमा छ । उसले १३ खेल खेल्दा ९ मा हार तथा ४ खेलमा मात्र जित निकालेको छ । मुम्बईले अब अन्तिम खेलमा शुक्रबार लखनउ सुपर जायन्ट्ससँग खेल्ने तालिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर