साउदी लिगको उपाधि अल हिलालको पोल्टामा

काठमाडौं ।  साउदी अरब प्रो लिगको उपाधि अल हिलालले जितेको छ । शनिबार राति भएको खेलमा अल हिलालले हाजमलाई ४–१ गोल अन्तरले पराजित गर्दै यो सिजनको उपाधि जितेको हो ।

अल हिलाललको जितमा अलेक्जेन्डर मिट्रोभिकले २ गोल गर्दा सेर्गेज मिलिन्कोभिकले १ गोल थपेका थिए । १ गोल भने उपहार पाएको थियो । हाजमा अहमद अल जुवेदले उपहार गोल दिएका हुन् । यसैगरी हाजमका फैज सेलमानीले एक गोल फर्काए । अल हिलालका लागि मिट्रोभिकले १५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।  ३४ औं मिनेटमा अल हाजमका फैल सेलमानीले गोल गर्दै बराबरी गरेका थिए ।

तर, ३९ औं मिनेटमा हिलाले उपहार गोल पाएको थियो । अहमद अल जुवेदले ३९ आफ्नै पोस्टमा गोल गरेपछि अल हिलालले अग्रता दोब्बर बनाए । पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा मिट्रोभिकले व्यक्तिगत दोस्रो गोल गर्दा हिलाल ३–१ ले अघि बढ्यो । पहिलो हाफकै अतिरिक्त छैटौं मिनेटमा सेर्गेज मिलिन्कोभिकले गोल गरेपछि पहिलो हाफमै हिलाल ४–१ ले अघि बढेको थियो । दोस्रो हाफमा दुवै तर्फबाट कुनै गोल नभएपछि अल हिलाल ४–१ ले जित निकाल्दै तालिकामा ३ अंक थप्न सफल भयो ।

जितपछि अल हिलाल यो सिजन अपराजित रहँदै ३१ खेलबाट ८९ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको अल नासरको ३१ खेलबाट ७७ अंक रहेको छ । शीर्ष स्थानमा रहेको अल हिलाल १२ अंकले अघि रहेपछि ३ खेल अगावै उपाधि पक्का गरेको हो ।  अल हिलालको १९औं लिग उपाधि हो । अल हिलाल साउदी लिग सबैभन्दा बढी पटक जित्ने क्लब समेत हो । अल हिलालपछि अल इतिहाद र अल नासरले समान ९–९ पटक लिगको उपाधि जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर