म्यानचेस्टर सिटी शीर्ष स्थानमा

काठमाडौं ।   इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा म्यानचेस्टर सिटी उक्लिएको छ । हिजो भएको पहिलो खेलमा फुलहमलाई ४–० को फराकिलो अन्तरले हराउँदै साविक विजेता सिटी तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । सिटीका जोस्को ग्वार्डीओलले दुई तथा फिल फोडेन र जुलियन अल्भारेजले एक–एक गोल गरे ।

जितसँगै सिटीको ३६ खेलमा ८५ अङ्क भएको छ । लिगमा बाँकी दुई खेलमा जित हासिल गरे सिटीले उपाधि जित्नेछ । दोस्रो स्थानमा रहेको आर्सनलले कुनै एक खेलमा हार बेहोरेको अवस्थामा भने सिटीले एक जित पछि नै लिग उपाधि उचाल्नेछ । दोस्रो स्थानमा रहेको आर्सनलको ८३ अङ्क छ । अरू खेलमा एभर्टनले शेफिल्ड युनाइटेडलाई, वेस्टह्यामले लुटन टाउनलाई, ब्रेनफोर्डले बर्नमाउथलाई, क्रिष्टल प्यालेसले उल्भ्सलाई, टोटनहमले बर्नलीलाई र चेल्सीले नटिङघम फरेस्टलाई हराएको छ । न्युक्यासल र ब्राइटनले एक–एक गोलको बराबरी खेलेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर