कांग्रेसले रास्वपालाई आदेश नदिए हुन्छ : सभापति लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसलमा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताएका छन् । आज शनिबार चितवनमा पत्रकारहरूसँगै कुरा गर्दैै उनले भने, “सहकारी प्रकरणमा छानबिन समिति बनाए हुन्छ तर संसदमा बोल्न पाउनुपर्छ ।”

उनले सार्वभौम संसलमा सबैले बोल्न पाउनुपर्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित गर्न पुनः चुनौती दिए । “छानबिन समिति बनाए पनि हुन्छ । तर संसदमा बोल्न पाउनुपर्छ”, उनले भने, “ नेपाली कांग्रेसले संसद् र आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘यसो गर, त्यसो नगर’ भनेर आदेश दिने होइन ।”

सहकारी ठगीका मुख्य आरोपी जिबी राईलाई नियन्त्रमा लिने प्रयास भइरहेको उनले बताए । राईलाई पक्राउ गर्न प्रक्रियागत काम भइरहेका उनले जानकारी दिए । उनले भने, “ राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको छ ।” उक्त देशसँग प्रत्यर्पण सन्धि नभएकाले केही समस्या भएको बताउँदै उनले त्यसलाई समाधान गरेर निजलाई चाँडै पक्राउ गरिने प्रतिबद्धता व्यक्त गरे । प्रहरीले सवारीचालक अनुमतिपत्र घोटालादेखि ठूला अनियमिततासम्मका फाइल अनुसन्धान गरिरहेको उनले बताए । उनले प्रश्न गर्दै भने, “बालमन्दिरको जग्गाको विषय कहिलेदेखि अड्किएको थियो । अहिले २० जनालाई पक्राउ पुर्जी जारी गरिएको छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर