अफगानिस्तानमा बाढीबाट ६० जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको भीषण बाढीमा परी ६० जनाको मृत्यु भएको छ । बाढीकै कारण १ सय जनाभन्दा बढी घाइते भएको तालिवान अधिकारीहरूले बताएका छन् । भारी वर्षापछि बाघलान प्रान्तका पाँच जिल्लामा कयौं मानिस बेपत्ता छन् ।

अझै भारी वर्षा र हावाहुरीको पूर्वानुमान गरिएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । सम्भावित क्षतिबाट बच्न प्रभावित क्षेत्रका सर्वसाधारणलाई सचेत गराइएको छ । सामाजिक स१जालमा सार्वजनिक भएका तस्बिरहरुमा धेरै गाउँमा बाढी पसेको छ । घरहरु ढुबानमा परेका छन् । बाढीले गाउँमा विनाश लीला नै निम्त्याएको छ । अप्रिलयता परेको भारी वर्षाकै कारण १ सय जनाभन्दा बढीको ज्यान गइसकेको अधिकारीहरुले बताएका छन् । अफगानिस्तानमा केही हप्तायता असामान्य वर्षा भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर