सर्वोच्चद्वारा गण्डकी सरकारविरुद्ध अन्तरिम आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतसम्बन्धी विवादमा अन्तरिम आदेश जारी गर्दै अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतविरुद्ध कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले आज शुक्रबार अन्तरिम आदेश जारी गरेको हो । संविधानको धारा १८६ तथा १८८ का साथै गण्डकी प्रदेश सभामा विश्वास र अविश्वासको मतमा कति मत हुनुपर्ने हो भनेर व्याख्या हुनुपर्ने देखिएको उक्त विषय निरूपण नहुँदासम्म प्रदेश सरकारको नियमित कार्य सञ्चालनबाहेक प्रदेशलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न नगराउन आदेशमा उल्लेख गरिएको छ । अर्को सुनुवाइका लागि जेठ ८ गतेका लागि पेशी तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर