यस्तो छ गृहमन्त्री रविको गगन थापालाई चुनौती

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई आफूले कुनै सहकारीमा निवेदन दिएर ऋण लिएको प्रमाण देखाउन चुनौती दिएका छन् । प्रतिनिधिसभाको बैठक स्थगित भएर बाहिरिने क्रममा संसदपरिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले कांग्रेसका महामन्त्री थापाले आफूविरुद्ध संगीन आरोप लगाएको भन्दै आफूले कुनै सहकारीमा निवेदन दिएर ऋण लिएको कुनै प्रमाण देखाए आफू समिति मात्र होइन राजनीति नै छाड्ने भन्दै प्रमाण देखाउन गम्भीर चुनौती दिए ।

“माननीय गगन थापाले आज गृहमन्त्रीले आफैँले हस्ताक्षर गरेर ऋण मागेको प्रमाण मसँग छ भन्नुभयो । मेरो चुनौती छ, उहाँले त्यो प्रमाण दिनुभयो भने संसदीय समिति कुनै ठूलो कुरा होइन, त्यो प्रमाण दिनुभयो भने म राजनीति छोडिदिन्छु दिन सक्नुभएन भने उहाँले राजनीति छाड्नुपर्ने हुन्छ”, गृहमन्त्री लामिछानेले भने । उनले आफूलाई सदनमा बोल्न दिने कुरामा कांग्रेस डराउन नपर्ने पनि बताए । उनले सदनबाट भएको खेदाईको जवाफ आफूले सदनबाट दिने भन्दै सदनमा बोल्न पाउनुपर्ने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर