दलको हैसियतमा रास्वपाका सभापति रविलाई प्रतिनिधिसभामा बोल्न दिनेमा कांग्रेस सहमत

काठमाडौं । आफ्नो प्रजातान्त्रिक छविलाई जोगाउँदै नेपाली कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई प्रतिनिधिसभाको आजको बजेट अधिवेशनको प्रारम्भिक बैठकमा आफ्नो अभिमत राख्न दिने निर्णय गरेको छ । आज शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले कुनै पनि दललाई निषेध गर्न नसकिने भएकाले रास्वपा सभापतिको हैसियतमा लामिछानेलाई संसदमा सम्बोधन गर्न दिने निर्णय भएको कांग्रेसका एक नेताले बताए ।

सहकारीको रकम हिनामिनामा सभापति लामिछानेको नाम मुछिएपछि कांग्रेसले गएको हिउँदे अधिवेशनभर उनलाई बोल्न दिएको थिएन । लामिछानेलाई गृहमन्त्रीको हैसियतले प्रतिनिधिसभामा बोल्न अवरोधलिप्त कांग्रेस आज भने एक कदम पछि हटेको छ तर लामिछानेमाथि संसदीय समिति गठन गरेर छानविन गर्नुपर्ने मागमा भने यथावत् नै छ। कांग्रेसले बजेट अधिवेशनको प्रारम्भिक बैठकमा दलका नेताहरूलाई आ–आफ्नो अभिमत राख्न लगाई सकेपछि बैठकमा अन्य सरकारी कार्यमाथि भने अवरोध उत्पन्न गर्ने जनाएको छ ।

बोल्न दिए पनि लामिछानेमाथि छानविनका लागि समिति नबनेसम्म संसदका अरू कारबाही भने अघि बढ्न नदिने अडान कायमै राखेको छ। गृमन्त्रीमाथि सहकारी ठगीका प्रमाण बलिया बन्दै गएकाले आफ्नो मागबाट पछि नहट्ने खतिवडाको भनाइ छ। संघीय संसदको बजेट अधिवेशन आज सुरु हुँदैछ। दुवै सदनको बैठक दिउँसो २ बजे बोलाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर