सुन प्रतितोलामा २४ सय रुपैयाँ वृद्धि

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार छापावाल सुन प्रतितोलाको मूल्यमा २४ सय रुपैयाँले वृद्धि भएको छ । हिजो बिहीबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ३७ हजार ९ सय रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको भाउ पनि २३ सय रुपैयाँले नै बढेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ ५० रुपैयाँ प्रतितोलाका दरले बढेको छ । चाँदी तोलामा १ हजार ७ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर