सहकारी प्रकरणमा गृहमन्त्री रवि फसेको प्रमाण भेटियो, अब कसरी प्रतिरक्षा गर्लान् ?

काठमाडौं । पोखरा महानगरपालिकाले बनाएको छानबिन समितिले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफैँले माग फारम भरेर एक करोड रुपैयाँ ऋण लगेको खुलासा  गरेको छ ।

छानबिन समितिका अनुसार ग्यालेक्सी टेलिभिजनका सेयरधनी एवं प्रबन्ध निर्देशक रहेका बेला लामिछानेले उक्त ऋण माग गरेको फारम भेटिएको छ । लामिछानेले एक करोड रूपैयाँ ऋण पाऊँ भनेर सहकारीमा ऋण माग गरेको फारम भरेको देखिएको र सो माग फारममा उनको हस्ताक्षर पनि रहेको छानबिनका क्रममा भेटिएको हो । सो प्रमाण समितिले आफ्नो प्रतिबेदनमा पनि पेस गरेको छ ।

गृहमन्त्री लामिछानेले भने अहिलेसम्म आफूले कुनै पनि सहकारी संस्थामा निवेदन दिएर वा माग फारम भरेर ऋण नलिएको बताउँदै आएका छन्। तर, छानबिनका क्रममा सो ऋण गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र पछि लामिछानेले गोर्खा मिडिया नेटवर्कबाट सहकारीमा सो ऋण तिरेको पनि देखिएको छ । सहकारी ऐनले नाफामूलक कम्पनीसँग कुनै पनि कारोबार गर्न रोक लगाएको छ। ऐनले सहकारीका सदस्य नभएका व्यक्तिलाई ऋण दिन नपाइने, सञ्चालक र सदस्यलाई पनि ऋण प्रवाहको सीमा तोकेको छ। गोर्खा मिडिया नेटवर्क नाफामूलक कम्पनी हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर