पञ्जाब किंग्स प्लेअफ होडबाट बाहिरियो

काठमाडौं ।  इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा पञ्जाब किंग्स प्लेअफ होडबाट बाहिरिएको छ । योसँगै अहिलेसम्म पाँच पटकको विजेता मुम्बई इन्डियन्स र पञ्जाब औपचारिक रुपले प्लेअफ सम्भावनाबाट बाहिरिएका छन् । धर्मशालामा गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरूसँग पराजित हुँदै पञ्जाब बाहिरिने दोस्रो टिम बनेको हो ।

पञ्जाबमाथि ६० रनको जित हासिल गर्दै बैंगलुरूले प्लेअफको गणितीय सम्भावनालाई कायमै राखेको हो । यद्यपि बैंगलुरूको प्लेअफ सम्भावना भने कम छ । खेलमा पहिले ब्याटिङ गरेको बैंगलुरूले ७ विकेटको क्षतिमा २४१ रन बनायो । कोहलीले ४७ बला ९२ रन जोडे । रजत पटिदारले २३ बलमा ५५ रन बनाए । त्यस्तै क्यामरन ग्रीनले २७ बलमा ४६ रन जोडे । पञ्जाबका हर्षल पटेलले ३ तथा विद्वाथ काभेरापाले २ विकेट लिए । जवाफमा पञ्जाबले १७ ओभरमै अलआउट हुँदै १८१ रनमात्र बनाउन सक्यो । राइली रस्सोऊले २७ बलमा ६१ रन बनाए । मोहम्मद सिराजले ३ तथा स्वप्निल सिंह, लक्कि फर्गुसन र कर्ण शर्माले २–२ विकेट लिए ।

अंक तालिका
११ खेलबाट १६ अंकको कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा रहेको छ । ११ खेलबाटै १६ अंकको राजस्थान रोयल्स दोस्रो स्थानमा छ । १२ खेलबाट १४ अंकको सनराइजर्स हैदराबाद तेस्रो स्थानमा छ । चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्टसको समान १२ अंक रहेको छ । रोयल च्यालेन्जर्स बैंगलुरूको १२ खेलमा १० अंक छ । मुम्बई इन्डियन्स, पञ्जाब किंग्स र गुजरात टाइटान्सको समान ८ अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर