नीति तथा कार्यक्रम जेठ १ गते संसदमा प्रस्तुत गरिने

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम जेठ १ गते संसदमा प्रस्तुत गनैृ निर्णय गरेको छ। सिंहदरबारमा आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते दिउँसो ३ बजे सङ्घीय संसदमा प्रस्तुत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै मन्त्रिपरिषद् बैठकले प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् । यसैगरी बैठकले अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजेता तथा पदक पाउने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

सररकारले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा सुनसरीका नन्दलाल माझीलाई मनोनयन गरेको छ भने भाषा आयोगको रिक्त सदस्य पदमा काठमाडौंमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर