सर्वोच्चमा कोशीमा नयाँ सरकार गठनविरुद्ध रिट दर्ता

काठमाडौं ।  सर्वोच्च अदालतमा  कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध परेको रिट दर्ता भएको छ। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च प्रशासनले बिहीबार दिउँसो दर्ता गरेको हो। रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन्। कार्कीको सर्वोच्चमा रिट दर्ता हुँदा कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन्। कार्कीको ५ बजे शपथ तोकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर