कोशीमा एकातिर मुख्यमन्त्रीमा दावी अर्कोतिर मुद्दा

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेस गरेका छन् । एमाले र नेकपा ९माओवादी केन्द्र०का ५२ सांसदको समर्थनमा कार्कीले बिहीबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरेका हुन् । प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गएराति आह्वान गरेका थिए ।

यसैबिच कोशीका मुख्यमन्त्री केदार कार्की रिट निवेदन बोकेर सर्वोच्च अदालतमा पुगेका छन् । उनी बिहीबार बिहान प्रदेश प्रमुखले असंवैधानिक ढंगले नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै रिट बोकेर सर्वोच्च पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर