बिहीबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। आजको लागि अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा रहेको छ। यस्तै युरो १ को खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा छ। बेलायती पाउन्ड १ को खरिद दर १६६ रुपैयाँ ५६ पैसा र बिक्री दर १६७ रुपैयाँ ३१ पैसा छ भने अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९५ पैसा रहेको छ। कुवेती दिनार १ को खरिद दर ४३३ रुपैयाँ ४४ पैसा र बिक्री दर ४३५ रुपैयाँ ३९ पैसा र बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ६६ पैसा र बिक्री दर ३५५ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर