कोशीमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले २०८१ वैशाख २८ गते अपरान्ह ५ बजेसम्ममा कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आव्हान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको केदार कार्की नेतृत्वको सरकारलाई दिएको  समर्थन ५२ जना सांसदहरुले फिर्ता लिएको, प्रदेश सभाको बैठकले संकल्प प्रस्ताव पारित गरी ३० दिनभित्र विश्वासको मत लिन आग्रह गरेको र प्रदेशसभा सचिवालयले मुख्यमन्त्री केदार कार्कीले वैशाख २५ गते सम्म विश्वासको मत नलिएको आधारमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको जनाइएको छ ।

विपक्षी दलहरु बुधवार नै नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि आव्हान गर्न माग गर्दै प्रदेश प्रमुख खापुङलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझेपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधान र कानुनअनुसार आवश्यक कार्य गर्ने बताए । कोशी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले भने नयाँ सरकार गठनको आह्वान गरिए अदालत जाने बताएको छ । नयाँ सरकार गठनका लागि आह्वानसँगै बिहीबार नै नयाँ सरकारका लागि दाबी पेश गर्ने र प्रदेश सांसदहरुको उपस्थिति गराइने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर