आज बुधबार  नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको चौथो आज बुधबार  नेप्सेमा सामान्य गिरावट आएको छ । आज शून्य दशमलव २१ अंकले घटेर शेयर बजार १ हजार ९६० दशमलव ६० बिन्दुमा बन्द भएको छ ।

यस दिन कारोबार पनि सुस्त देखिएको छ । आज २ अर्ब ५० करोड रुपैयाँको ५७ लाख ९० हजार १९० कित्ता सेयर खरिद-बिक्री भएको छ । यद्यपि, यो हिजोको भन्दा थोरैले बढी हो । मंगलबार २.०६ अंकले बढेको सेयर बजारमा २ अर्ब १४ करोड रुपैयाँको ५० लाख ६४ हजार ३८ कित्ता सेयर कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर