फिल्म ‘खजुरे ब्रो’ को काठमाडौंमा प्रिमियर, शुक्रबारदेखि प्रदर्शनमा आउँदै

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘खजुरे ब्रो’ को काठमाडौंमा प्रिमियर गरिएको छ। मंगलबार साँझ गरिएको प्रिमियरमा फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेको छ। फिल्म हेरून्जेल पूर्ण मनोरञ्जन लिएको प्रतिक्रिया प्रिमियरमा पुगेकाहरूले दिएका छन्।

सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको फिल्मले साथीको सम्बन्ध र पैसाले श्रीमान–श्रीमतीको सम्बन्धमा ल्याउने उतार–चढावको कथा प्रस्तुत गर्छ। सहकारी ठगीको विषयलाई समेत फिल्ममा उठाउन खोजिएको छ।

फिल्ममा रेअर राई, नीति शाह, महेश त्रिपाठी, नवीन मानन्धर, पुस्कर कार्की, बिनिता थापा मगरलगायत कलाकारहरूको अभिनय छ। एक दशक मोडलिङमा बिताएकी नीतिको यो डेब्यु फिल्म हो। धरानसहित काठमाडौं, दार्जिलिङ र इटहरीमा यो फिल्म खिचिएको हो।

नवीन मानन्धर र सुरज सुनुवार निर्माता रहेको फिल्ममा डायमण्ड उप्रेती कार्यकारी निर्माता छन्। बुधबार फिल्मलाई धरानमा प्रिमियर गरिँदैछ। आरआर फिल्मसले यसलाई वितरण गर्दैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर