नेकपा एसको प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने निर्णय

काठमाडौं । नेकपा एसले वर्तमान सत्ता गठबन्धनलाई नै निरन्तरता दिने निर्णय गरेको छ । मुलुकको समग्र राजनीतिक परिस्थितिबारे छलफल गर्न मंगलबार बसेको पार्टी सचिवालयको बैठकले उक्त निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘ समसामयिक राजनीतिक परिस्थितिमा विकसित भएका घटनाक्रमलाई पार्टीले गहिरोपूर्वक अध्ययन तथा विश्लेषण गरेको छ । र, यो परिस्थितिमा धेरै नै जिम्मेवारीपूर्वक आफ्ना कदमहरुलाई अघि बढाउने भन्ने हामीले निष्कर्ष निकालेका छौं । आज हामी सरकारमा छौं । सरकारमा हाम्रो निरन्तरता रही नै रहने छ । कतिपय व्यक्तिहरुले, संस्थाहरुले सार्वजनिक ठाउँमा जे चर्चा गरिएको छ । सरकारबारे पार्टीले अन्यथा निर्णय गरेको छैन । र, आगामी दिनमा निकट भविष्यमा सरकारको नीति तथा कार्यक्रम आउँदैछ । र, बजेटको तयारी अन्तिम अवस्थामा पुगेको छ । हाम्रो पार्टीको संसदीय दललाई नीति, कार्यक्रममा, बजेटमा, यसको निर्माण प्रक्रियामा र संसदमा प्रभावकारी भूमिका खेल्नका निम्ति निर्देशन दिन्छ भनेर पार्टीले निर्णय गरेको छ । पार्टीले अर्को निर्णय गरेको छ, महाधिवेशनको तयारीको काम अत्यन्त तीव्र गतिमा भइरहेको छ । यो तयारीसँग जोडिएका आवश्यक कामहरु प्रभावकारी ढंगले सम्पन्न गर्नका निम्ति सम्पूर्ण कमिटीहरुलाई पुनः पार्टीले आह्वान गरेको छ । यीनै विषयलाई ध्यानमा राखेर आज हामीले निर्णय गरेका छौं । पार्टीमा आज जति सवाल उठेको छ । यी सबै विषयहरुमा छलफल गरेका छौं । र पार्टी एक ढिक्का छ । यहाँ कुनै वैमष्यता छैन । सम्पूर्ण नेताहरु, सम्पूर्ण कार्यकर्ताहरु पार्टीको महाधिवेशन सम्पन्न गर्न तोकिएका जिम्मेवारीहरुमा देशव्यापी रूपमा लागिरहनु भएको छ । त्यसमा कुनै समस्या छैन भन्ने कुरामा पार्टी प्रस्ट छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर