अमेरिका पठाउने प्रलोभन दिई ठग्ने चौधरी पक्राउ

काठमाडौं । प्रहरीले अमेरिका पठाउने भनी एक करोड १८ लाख ५९ हजार रुपैयाँ लिई सम्पर्कविहीन रहेका ४१ वर्षीय तेजराम चौधरीलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार बेरोजगार युवायुवतीलाई अमेरिका पठाउन ब्राजिलको टेक्सटाइल कम्पनीमा वर्किङ भिसामा काम गर्नुपर्ने भनी श्रम स्वीकृतसमेत निकाली फिलिपिन्स हुँदै जानुपर्छ भनेर पीडित चार जनाबाट पटक पटक गरी चौधरीले सो रकम लिएका थिए।

प्रहरीका अनुसार उनीहरूलाई फिलिपिन्सको अध्यागमनले नक्कली कागजात भनी फिर्ता पठाएको थियो। पीडितमध्ये महेन्द्र रावलबाट २८ लाख ५९ हजार, श्रीधर केसीबाट २७ लाख, टीका खड्काबाट २३ लाख र रामबहादुर वलीबाट ४० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

पीडित नेपाल फर्केपछि पुनः दिल्लीको महिलापुरस्थित होटल सप्तगिरीमा दुई महिना राखेको साथै सोही समूहले भारतको दिल्ली पुर्‍याई सात दिन बाहिर निस्कन नदिई बन्धक बनाएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ। चौधरीलाई ललितपुर महानगरपालिका(७ झम्सिखेलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको विभागले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर