रफाह क्षेत्र इजरायली सेनाको नियन्त्रणमा

काठमाडौं । इजरायली सेनाले प्यालेस्टाइनको पूर्वी रफाह क्षेत्र आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको छ । रफाहमा हमास विद्रोहीहरू रहेको शङ्कामा इजरायली सेनाले हिजो रातारात एक लाख जना शरणार्थीलाई निकालेर हमला गरेको थियो । रातभरको हमलामा २० जना हमास लडाकु मारिएको र तीन वटा सुरुङ भत्किएको इजरायलले जनाएको छ । प्रत्यक्षदर्शीले रातभर इजरायली सेनाले अन्धाधुन्ध मिसाइल र बम हानेको बताएका छन् । हिजो भाग्न नसकेका कैयाैँ नागरिक पनि मारिएको शङ्का छ । पूर्वी रफाहका धेरैजसो घर भत्किएका छन् । इजरायली झण्डा फहराउँदै सैनिक ट्याङ्क अहिले रफाहमा घुमिरहेका छन् ।

इजिप्टको सीमा नजिकै रहेको रफाह क्रसिङ अब इजरायली नियन्त्रणमा आएसँगै मानवीय सहायताका सामग्रीको आपूर्ति ठप्प भएको छ । रफाह क्रसिङ नै अहिलेसम्म सहायता सामग्री पुर्‍याउने एकमात्र मार्ग थियो । गाजाबाट विस्थापित भएका झन्डै १५ लाख शरणार्थी रफाहमा रहेकाले त्यहाँ आक्रमण नगर्न विश्वव्यापी दबाब रहे पनि इजरायलले पूर्व रफाहबाट आक्रमण थालेको हो । हिजो हमासले युद्धविरामका लागि सर्तहरू पालना गर्न सहमत भएको बताएपछि पनि इजरायलले आक्रमण गरिरहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर