दैलेख बजारमा आगलागी, दुई पसल नष्ट

काठमाडौं । दैलेख बजारमा आगलागीका घटना हुँदा भएको छ । नारायण नगरपालिका १ स्थित साजन मोटर साइकल ग्यारेज र सम्झना फोटो स्टुडियो जलेर नष्ट भएको छ। आगलागी मोटरसाइकल ग्यारेजमा विद्युत् सर्टभए लागेको बताइन्छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवसीको सहयोगमा आगो निभ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब प्रहरी उपरीक्षक सुनील दाहालले बताए । अहिले आगो नियन्त्रण लिने काम भएपनि नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा आई नसकेकोले क्षतिको विवरण आउन नसकेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर