आज सुनको मूल्य उकालो लाग्यो

काठमाडौं ।  आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सोमबारको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले बढेको हो । सुनको मूल्य हिजो पनि तोलामा २०० रुपैयाँले बढेको थियो

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३५ हजार ७५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३४ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्यमा समेत वृद्धि आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । यससँगै प्रतितोला १६सय ७५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १६ सय ६० रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर