अशोक राई नेतृत्वको नयाँ दललाई दर्ताको प्रमाणपत्र

काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई नयाँ दल दर्ताको प्रमाण पत्र दिएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटेर बनेको दललाई आयोगले आज दल दर्ताको प्रमाण पत्र दिएको हो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम निर्वाचन आयोगम दल दर्ता गर्ने गरी उक्त प्रमाणपत्र प्रदान गरिएको आयोगले दिएको प्रमाण पत्रमा उल्लेख गरेको छ । जसपाको राजनीतिक दल दर्ता नम्बर १९८ रहेको छ । राजनीतिक दलको केन्द्रीय कार्यालयको ठेगाना काठमाडौं राखिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर