म्यानचेस्टर युनाइटेडको क्रिस्टल प्यालेससँग ४–० को हार

काठमाडौं ।  इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले  हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । सेल्हस्ट पार्कमा खेलको १२औं मिनेटमा माइकल ओलिसेले गोल गर्दै क्रिस्टल प्यालेसलाई १–० को अग्रता दिलाएका थिए । ४०औं मिनेटमा जिनफिलिप माटेटाले गोल गरे । ५८औं मिनेटमा टेरिक मिचेलले क्रिस्टल प्यालेसलाई ३–० ले अघि बढाए । ६६औं मिनेटमा उनले नै गोल गर्दै युनाइटेडलाई ४–० को  हार थमाए । क्यासेमिरोले दुई पटक गोल गरे पनि मान्यता पाउन सकेन । उनको पहिलो गोलमा डिन हेन्डरसनलाई फाउल तथा दोस्रो गोलमा अफसाइड देखिएको थियो । युनाइटेड ३५ खेलबाट ५४ अंक जोडेर आठौं स्थानमा छ । क्रिस्टल प्यालेस ३६ खेलबाट ४३ अंक जोडेर १४औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर