आज नेप्से १५.६२ अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १५.६२ अंकले घटेर एक हजार ९५८ दशमलव ७५ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज २ अर्ब ८९ करोड १३ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ६२ वटाको बढेको छ भने १७७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज बोटलर्स नेपाल तराइ लिमिटेडको शेयरमूल्य ९.०३ प्रतिशतले बढेको छ भने माउन्टेन हाइड्रो नेपाल लिमिटेडको शेयरमूल्य पनि ८.५२ प्रतिशतले बढेको छ ।

आज पोखरा फाइनान्स लिमिटेड र दोल्ती पावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि सिटिजन्स लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडको ३१ करोड ९८ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर