नेकपा एसका ९ जना सांसद एमालेमा प्रवेश गर्न खुट्टा उचालेर बसिरहेको एमालेको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो संसदीय दलको बैठक बोलाएका छन्। बैठक दिउँसो १ बजे बस्नेछ।

नेकपा एसका असन्तुष्ट सांसदहरुलाई सम्झाउनका लागि नेपालले दलको बैठक बोलाएको नेताहरुले दाबी गरेका छन् । जनता समाजवादी पार्टी नेपालसँगै नेकपा एस पनि पनि विभाजन हुने गोप्य सूचना नेपालले पाएपछि संसदीय दलको बैठक बोलाइएको ती नेताहरूको भनाइ छ । नेपालले आजको बैठकमा सत्ता गठबन्धन भत्काउन खाज्नुको उद्देश्यबारे आफ्ना सांसदलाई बुझाउने प्रयास गर्ने नेपाल निकटस्थहरू बताउँछन्। उपेन्द्र यादवसहित यो गठबन्धन छाडेर वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्री बन्ने प्रयासमा तत्काल अवरोध भएपछि नेता नेपाल तनावमा परेका छन्।

नेकपा एसभित्र यही सरकारमा बस्नुपर्छ कि बाहिरिनुपर्छ भन्नेबारे मतभेद रहँदै आएको छ। चुनाव हारेका झलनाथ खनालसहितका नेताहरु गठबन्धनको पक्षमा छन् भने अध्यक्ष नेपाल जसरी भएपछि सत्ता गठबन्धन भत्काउने प्रयत्नमा लागेका छन् । प्रतिनिधिसभामा १० जना सांसद रहेको नेकपा एसको कानुनी हैसियत स्वतन्त्रसरह रहेको छ । नेकपा एसका अध्यक्ष माधव नेपालबाहेक बाँकी ९ जना सांसद नेकपा एमालेमा प्रवेश गर्न खुट्टा उचालेर बसिरहेको एमालेको दाबी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर