इजरायलमा अल जजिरा च्यानलमाथि प्रतिबन्ध

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले कतारमा आधारित समाचार च्यानल अल जजिरालाई बन्द गर्ने निर्णय गरेको बताएका छन् । अल जजिरासँग नेतन्याहु प्रशासनको लामो समयदेखि विवाद जारी छ । “सर्वसम्मतिले निर्णय गरिएको छः इजराइलमा उत्तेजक च्यानल अल जजिरालाई बन्द गरिनेछ”, उनले सामाजिक सञ्जाल एक्समा भने । “इजराइलमा हमास पक्षधरहरूलाई वाक स्वतन्त्रता हुने छैन”, सञ्चारमन्त्री स्लोमो कारहीले नेतन्याहुसँगको छुट्टै संयुक्त विज्ञप्तिमा भने, “अल जजिरालाई तुरुन्त बन्द गरिने छ र उपकरणहरू जफत गरिनेछ ।”

कारहीले ‘उक्त च्यानलको सामग्री वितरित गर्नका लागि प्रयोग गरिने’ उपकरणहरू जफत गर्न आदेश जारी गर्दै सम्पादन र राउटिङ उपकरण, क्यामेरा, माइक्रोफोन, सर्भर र ल्यापटपका साथ वायरलेस ट्रान्समिसन उपकरण र केही सेलफोन नियन्त्रमा लिए । इजराइल र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा अल जजिराको कार्यालय प्रमुख वालिद अल(ओमारीले उक्त निर्णयमाथि प्रतिक्रिया व्यक्त गर्दै भने, “यो इजरायलको चरम दक्षिणपन्थी मन्त्रीहरूको सहज जितको खोजीमा एउटा अभियान थियो ।”

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर