इङ्लिस प्रिमियर लिग : चेल्सी, ब्रिङ्टन र लिभरपुल विजयी

काठमाडौं । इङ्लिस प्रिमियर लिग (इपिएल) को गएराति भएको खेलमा चेल्सी, ब्रिङ्टन र लिभरपुल विजयी भएका छन्। चेल्सीले वेस्ट ह्याम युनाइटेडलाई ५–० ले स्तब्ध पार्दा ब्रिङ्टनले एस्टन भिल्लालाई १–० र लिभरपुलले टोटनहमलाई ४(२ गोल अन्तरले पराजित गर्यो । चेल्सीको घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि निकोलस ज्याकसनले दुई गोल गर्दा कोल पालमर, कोनोर गल्लाघेर र नोनी माड्युकले समान एक(एक गोल गरे। लिभरपुलका लागि भने मोहम्मद सलाह, एन्ड्रु, कोडी गाक्पो, हार्भी इलिओटले समान एक(एक गोल गर्दा टोटनहमले रिचार्लिसन र सन हेउङ मिनले एक(एक गोल गरे। यस्तै ब्रिङ्टनका लागि जाओ पेड्रोले एक मात्र निर्णायक गोल गरे। योसँगै लिभरपुल तेस्रो, एस्टन भिल्ला चौथो, टोटनहम पाँचौं, चेल्सी सातौं, वेस्ट ह्याम नवौं स्थानमा छ।