ओलीको माधव नेपालप्रति व्यङ्ग्य : “दमको रोगीजस्तो हर्‍याक–हर्‍याक गर्दैछन्”

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको नाम नै नलिइकन उनीप्रति लक्षित राजनीतिक व्यङ्ग्य गरेका छन् । केही दिन यता नेपालको राजनीतिक उपक्रममा माधव नेपाल र केपी ओलीबिच सार्वजनिक समारोहमा राजनीतिक कटाक्ष चल्दै आएको छ ।
एमाले रसुवाको जिल्ला कमिटीद्वारा शनिबार आयोपजत जिल्ला अधिवेशनमा ओलीले भने, “हामी अहिले एउटा अभियानमा छौं, एकजना मान्छे प्रधानमन्त्री हुन दमको बिरामीले जस्तो हर्‍याक–हर्‍याक गर्दैछन् । प्रधानमन्त्री, प्रधानमन्त्री भन्छन् ।” ओलीले आफू प्रधानमन्त्री हुन्छु कि भनेर नेता नेपाल छ्ट्पटाएको आरोप लगाए । तर आफू अहिले प्रधानमन्त्री दौडमा नरहेको उनले स्पष्टसमेत पारे ।
‘मलाई पनि भनिएको थियो, प्रधानमन्त्रीको समय बाँडीचुँडी खाऔं भनेर । मैले भनें, म प्रधानमन्त्रीका लागि होइन, गठबन्धन ढल्यो, खरानीको डल्लो थियो, फुट्यो । अब सरकार चलाएर देश बनाएर जनताको समस्या समाधान गर्नतिर लाग्नुपर्‍यो,’ उनको भनाइ थियो ।
‘मैले सरकारको नेतृत्व छाडेपछि देशको अर्थतन्त्र ध्वस्त भयो। हामीले हेरिरहेका थियौं, गठबन्धनले चलाइराखेको छ चलाओस् भनेर। तर, गठबन्धन कोही यता तान्या छ, कोही उता तानेको छ, मन्त्री हुनेभन्दा अरु केही कुरै छैन।अहिले पनि तपाईंहरुले देखिराख्नु भएको छ, एक जना मान्छे कराउँदै हिँडेका छन्, मलाई प्रधानमन्त्री हुन आँट्यो भनेर केही मान्छेलाई पीर पर्‍या छ, पोल्या छ भत्भत भनेर, कता प्रधानमन्त्री हुन आँटेको हो ? म त कही पनि देख्दिनँ, उनलाई आफैंलाई त्यस्तो लागिरहेको छ, प्रधानमन्त्री हुन आँटे भन्ने। अरूले मन पराएका छैनन् भन्ने कस्तो नथापाको।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर