संसदीय छानबिन समिति नबनेसम्म संसदको बैठक चल्दैन : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारीको रकम घोटालामा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरिएसम्म संसदको बैठक चल्न नदिने बताएका छन् ।
बाँकेको कोहलपुरमा शनिबार आयोजित पार्टीको एक कार्यक्रममा डा. कोइरालाले कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेको होइन बरू रवि लामिछानेमाथि सहकारी घोटालाका सम्बन्धमा संसदीय छानबिन समिति बनाइनुपर्ने स्पष्ट पारे ।
“हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौँ । संसदीय छानबिन बनाऔँ, सहकारी ठगीमा उहाँ (रवि लामिछाने) को संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ,” उनले भने, “तर, संसदीय समिति बनाउन सरकार किन डराएको ?” वैशाख २८ गतेका निम्ति संघीय संसद्को बजेट अधिवेशन आह्वान गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर