उत्तर कोरियाका नेता किमले २५ कुमारीसँग भोगविलाश गर्ने गरेको दाबी

काठमाडौं । उत्तर कोरियाबाट भागेकी एक युवती येओन्मी पार्कले देशका नेता किम जोङ र उनका बारेमा सनसनीपूर्ण खुलासा गरेकी छन् । एक मिडिया रिपोर्टले दाबी गरेको छ कि किम जोङले आफ्नो प्लेजर स्क्वाडका लागि हरेक वर्ष २५ कुमारी केटीहरू छान्छन्। यी केटीहरू उनीहरूको आकर्षण र राजनीतिक निष्ठाको आधारमा छनोट गरिन्छ। किम जोङको बारेमा ३० वर्षीय लेखक येओन्मी पार्कले यस्तो दाबी गरेकी छन् । पार्क १३ वर्षको उमेरमा उत्तर कोरियाबाट भागेकी थिइन् । त्यसपछि उनी दक्षिण कोरिया र त्यसपछि अमेरिका गइन् ।
येओन्मीले खुलासा गरेकी थिइन् कि उनी दुई पटक प्लेजर स्क्वाडका लागि पनि छनोट भएकी थिइन्, तर उनको पारिवारिक अवस्थाका कारण टोलीमा समावेश भएनन्। उम्मेदवार खोज्नका लागि अधिकारीहरूले कक्षाकोठा र विद्यालय क्याम्पसको भ्रमण गर्ने गरेको उनले जानकारी दिए। जब अधिकारीहरूले केही सुन्दर केटीहरू फेला पार्छन्, तिनीहरूले पहिलो कुरा उनीहरूको पारिवारिक र राजनीतिक स्थिति जाँच गर्छन्।
येओन्मी पार्कले दावी गरेको छ कि जब केटीहरू प्लेजर स्क्वाडका लागि छनोट हुन्छन्, उनीहरूले सबैभन्दा पहिले आफ्नो भर्जिनिटी जाँच (कुमारीत्व) गर्न मेडिकल जाँच गराउनुपर्छ। परिक्षणका क्रममा शरीरमा सानातिना दोष देखिए पनि बालिकालाई बहिष्कार गरिन्छ । परीक्षणपछि छनोट भएका केटीहरूलाई प्योङयाङ पठाइन्छ। प्लेजर स्क्वाडको मुख्य उद्देश्य तानाशाहको इच्छा पूरा गर्नु हो।
पार्कका अनुसार प्लेजर स्क्वाडलाई तीन फरक समूहमा विभाजन गरिएको छ। एउटा समूहलाई शरीरको मसाज गराइन्छ। दोस्रो समूहबाट किम जोङ र उनका सहयोगीहरूलाई मनोरञ्जनका लागि गीत र नृत्यको तालिम दिइन्छ। यसबाहेक तेस्रो समूहका केटीहरू किम जोङ र अन्य अधिकारीहरूसँग यौन सम्बन्ध राख्न तयार हुन्छन्। (समाचार स्रोतः एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर