नेपाल चम्कँदै, , सागर ढकालले तीन विकेट लिए

काठमाडौं ।  वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ। सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका छन्। टीयू क्रिकेट मैदानमा शनिबार टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा सागर ढकालले वेस्ट इन्डिजका जोनसन चार्ल्स र मार्क डेयाललाई आउट गरेका हुन्।

७.१ ओभरमा ढकालले आफ्नै बलमा चार्ल्सलाई क्याच आउट गरे भने ७.३ ओभरमा ढकालको बलमा कप्तान रोहित पौडेलले डेयाललाई क्याच आउट गरेका हुन् । वेस्ट इन्डिज ‘ए’का लागि चार्ल्सले २० बलमा २/२ चौका र छक्कासहित २४ रनको योगदान गरे। डेयालले १९ बलमा ११ रन बनाएर बाहिरिए।

त्यस अगाडि १.४ ओभरमा पनि ढकालको बलमा कडिम अलेइन कप्तान पौडेलको हातबाट क्याच आउट भएका थिए। टस जितेर पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले ८ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ६५ रन बनाएर खेलिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर