साउदी प्रो लिगमा अल हिलाल शीर्ष स्थानमा

काठमाडौं । साउदी प्रो लिगमा उपाधि जितिसकेको अल हिलालले अल तावौनलाई पराजित गरेको छ। किंग्स अब्दुल्ला स्टेडियममा शुक्रबार सम्पन्न खेलमा हिलाल ३-० गोलले विजयी भएको हो। जितसँगै शीर्ष स्थानमा रहेको हिलालले २९ खेलबाट ८३ अंक जोडेको छ। हिलाल लिगमा अपराजित एक्लो टोली हो। चौथो स्थानको तावौन ३० खेलबाट ५१ अंकसहित चौथो स्थानमा छ।
प्रतिक्रिया