विद्यार्थीको यो प्रतिभा : विद्युतीय गाडी निर्माण

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा पर्ने रानीपौवा माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत दुई विद्यार्थीले विद्युतीय गाडी निर्माण गरेका छन् । सो विद्यालयका कक्षा १० मा अध्ययनतरत् विद्यार्थी सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन् । उनीहरुले आफ्ना विज्ञान पढाउने शिक्षकको सहायतामा चार पाङ्ग्रे विद्युतीय गाडी निर्माण गरेर प्रर्दशन गरेका छन् ।

विद्यार्थीले बनाएका गाडी एक कार्यक्रमको आयोजना गरी प्रर्दशनी गरिएको छ । सो गाडीमा चालकसहित तीन जना अट्ने क्षमता रहेको छ । गाडीमा दुईवटा १२ भोल्टको ब्याट्री प्रयोग गरिएको छ भने दुई क्विन्टलसम्म सामान बोक्ने क्षमता रहेको उनिहरुले बताएका छन् । ब्याट्री जति बढाउन सक्यो, उति बढी भार वहन गर्न सक्ने गाडी निर्माणमा सहभागी विद्यार्थीहरुको भनाई छ । गाडी निर्माणका लागि गाडीका खेर गएका पुराना सरसामान र पार्टपुर्जा प्रयोग भएको छ भने केही स्थानीय सामग्रीको प्रयोग गरिएको छ । अहिलेको अवस्थामा भने गाडीले पाँच किलोमिटरको यात्रा तय गर्न सक्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर