तयार रहनुस्, आज अमेरिकी डिभीको नतिजा आउँदै

काठमाडौं । अमेरिका जान सन् २०२५ का लागि आवेदन दिइएको डीभी (डाइभर्सिटी भिसा) को नतिजा आज प्रकाशित हुँदैछ। अमेरिकी सरकारले सन् २०२५ मा इडीभी भिसामार्फत लैजानको लागि सन् २०२३ मा नै आवेदन खुलाएको थियो। जुन आवेदनको नतिजा आज राति ९ बजेपछि नेपालस्थित अमेरिकी दूतावासको साइटमा गएर हेर्न सकिनेछ। नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नुपर्नेछ। छनोट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रक्रियाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध छ। दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले तपाईंलाई डिभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोराको इमेल पठाउँदैनन्। नेपालीले प्रत्येक वर्ष ईडीभी ५ देखि ७ लाखको संख्यामा भर्ने गरेको ट्राभल स्टेटको तथ्याङ्कले देखाएको छ। यसपटक पनि करिव ७ लाखको हाराहारीमा इडीभी भरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर