वर्तमान सत्ता गठबन्धन भत्काउने प्रयत्न भएकोमा ओलीद्वारा चिन्ता जाहेर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन भत्काउने प्रयत्न भइरहेको बताएका छन् । नेकपा एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनको शुक्रबार सुनवलमा उद्घाटन गर्दे अध्यक्ष ओलीले गठबन्धन भत्काउने खेल सुरु भइसकेको दावीसमेत गरे । देशी विदेशी शक्तिहरु गठबन्धन भत्काउन लागिपरेको बताउँदै उनले एमाले यही गठबन्धन टिकाउने पक्षमा रहेको उल्लेख गरे ।

प्रतिक्रियावादी शक्तिले अहिलेको गठबन्धन भत्काए भने आगामी निर्वाचनबाट एमाले निर्णायक शक्तिको रूपमा उदाउने बताउँदै त्यसपछि गठबन्धनको आवश्यकतानै नपर्ने दावी ओलीको छ । ओलीले मुलुकका आन्तरिक मामिलामा हुने बाह्य हस्तक्षेपबाट देशलाई मुक्त गर्न राष्ट्रिय शक्ति निर्णायक रूपमा विकास गर्नुपर्ने सबैभन्दा टड्कारो आवश्यकता रहेको बताए । राष्ट्रिय स्वाधीनताको सवालमा एमालेले कसैसँग सम्झौता नगर्ने बताउदै उनले वाह्य शक्तिबाट सहायता लिने तर आश्रित हुन नहुने विचार पनि व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर