सन् २०२६ : अन्तर्राष्ट्रिय महिला कृषक वर्ष

काठमाडौं ।  संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्तावमा महिला कृषकले कृषि खाद्य प्रणालीहरूमा सामना गर्ने बाधा तथा चुनौतीहरू, लगायतका मुद्दाहरूलाई सम्बोधन गरी लैङ्गिक समानता र कृषिमा महिलाहरूको सशक्तीकरणमा प्रयासरत रहने बताइएको छ ।

राष्ट्रसङ्घले प्रभावकारी नीति र कार्यहरूबारे चेतना जगाई नीतिगत ध्यान केन्द्रित गर्ने उद्देश्यका गतिविधिहरू मार्फत् अन्तर्राष्ट्रिय वर्षको विश्वव्यापी अवलोकनलाई आमन्त्रित पनि गरेको छ । साथै, महासभाले खाद्य र कृषि सङ्गठन समेत रोममा रहेका अन्य संयुक्त राष्ट्रसङ्घीय निकायहरुसँग मिलेर प्रस्तावको कार्यान्वयनलाई सहजीकरण गर्न तथा अन्तर्राष्ट्रिय वर्ष प्रभावकारी रुपमा मनाउन निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर