आज शुक्रबार सुन प्रतितोला ११ सय रुपैयाँ घट्यो

काठमाडौं । आज शुक्रबार सुनको भाउ घटेको छ । बिहीबार प्रतितोला १ लाख ३६ हजार ५ सय रुपैयाँमा किनबेच भएको छापावाला सुनको भाउ आज प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारेबार भइरहेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर